एकाविहानै दुई जनामा कोरोना पुष्टि

बागलुङ, १ जेठ ।
नेपालमा आज विहानै थप दुई जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार बिहिबार विहान कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here