
बागलुङ, ३१ बैशाख ।
नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २ जनामा कोरोना पुष्टि छ ।
मन्त्रालयले बुधबार धुलिखेल अस्पतालको धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा नेपालगञ्जका ३६ बर्षिय पुरुष र राष्ट्रिय स्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कपिलबस्तु जिल्लाको कपिलबस्तु नगरपालिका–५ का २२ बर्षिय पुरुषमा भाइरसको संक्रमण रहेको पुष्टि गरेको छ ।
मनत्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले संक्रमित व्यक्तिको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिनुभयो ।











