
काठमाडौं, ३१ बैशाख ।
पूर्वउपप्रधानमन्त्री एवम् सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्ना लागि प्रयोग भइरहेका सुरक्षाकर्मी फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् । आफ्नो भन्दा राज्यको सुरक्षा प्रमुख रहेको उनको भनाइ छ ।
उनले आफूले सुरक्षा खतरा महसुस नगरेको भन्दै केही बेरअघि ट्विट गरी सुरक्षाकर्मी फिर्ता लिन आग्रह गरेका हुन् । उनले आफूले कहिल्यै पनि अघिपछि सुरक्षाकर्मी लिएर नहिँडेको पनि बताएका छन् ।
पूर्वप्रधानमन्त्रीका हैसियतमा उनको सुरक्षामा १० देखि १२ जनासम्म सुरक्षाकर्मी परिचालित छन् ।
प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘थाहै छ, म पछुवा नियमित प्रयोग गर्दिनँ । मैले आफूलाई सुरक्षा खतरा महसुस गरेको छैन । राज्य संयन्त्रले त्यस्तो आँकलन गरेको छ भने पनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्त्वपूर्ण हुन्छ । त्यसैले राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ । यसबाट राज्यलाई अप्ठेरो परेको भए क्षमायाचना ।’










