
बागलुङ, २९ बैशाख ।
नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ ।
सोमबार विहान कपिलबस्तुमा १० जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परिक्षण अनुसार कपिलबस्तु यशोधरा गाउँपालिका–५ र बुद्ध थुमि नगरपालिका–७ र १० निवासी १८, १९, २०, २४, ३०, ३१, ३४ र ३४ बर्षिय पुरुषहरुमा नयाँ संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँले १ जनाको उमेर नखुलेको जनाउनुभयो ।
नयाँ संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।











