कोरोना भाइरसः नेपालमा अहिलेसम्म ७३ हजार नमुना परिक्षण

काठमाडौँ, २८ बैशाख ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म करिब ७३ हजार नमुना परीक्षण सम्पन्न भएको जनाएको छ ।

मन्त्रालयको नियमित मिडिया ब्रिफिङ प्रवक्ता डा. विकास देवकोटाले र्यापिड डाइगोनोस्टिक टेस्ट (आरडीटी) र पीसीआर परीक्षणबाट ७३ हजार ५५५ नमुना परीक्षण भएको जानकारी गराएका हुन् ।

उनका अनुसार आरडिटी विधिबाट ५६ हजार ६५७ र पीसीआर विधिबाट १६ हजार ८९८ गरी कुल ७३ हजार ५५५ वटा नमुना परीक्षणहरु सम्पन्न भएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ३१६ वटा परीक्षण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

देशभरको सबै जिल्लामा आरडिटी विधिबाट परीक्षण भइरहेको छ भने १८ स्थानबाट पीसीआर परीक्षण भइरहेको छ ।

हाल १३ हजार ६२५ जना क्वारेन्टाइनमा रहेका छन् भने उपत्यका भित्र ३ र उपत्यका बाहिर १६१ जना गरी १६४ जना आईसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here