
काठमाडौं, २८ बेशाख ।
उदयपुरको त्रियुगा नगरपालिका- ३ भुल्केमा थप एक जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ ।
कोशि अस्पताल, बिराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार बेलुका नयाँ एक जना महिलालाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँको अनुसारनयाँ संक्रमित ४३ बर्षिय महिला हुनुहुन्छ ।
डा. अधिकारीका अनुसार संक्रमित महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको बताउनुभयो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ ।











