
काठमाडौं, २७ वैशाख ।
भारतले नेपाली भूमि लिपुलेकबाट चीनसितको नाका जोड्ने सडक निर्माण सकेर उद्घाटन गरे पनि स्थाविश्वभरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ७६ हजार नाघेको छ ।
नेपाली समय अनुसार शनिबार बिहान ८ बजेसम्मको तथ्यांकमा विश्वमा मृत्यु हुनेको संख्या २ लाख ७६ हजार ८ सय ६३ पुगेको छ ।
अमेरिकामा शुक्रबार १ हजार ६ सय भन्दा बढी मासिनको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ७७ हजार १ सय ७९ पुगेको छ ।
त्यस्तै युकेमा ३१ हजार ३ सय १६, इटालीमा ३० हजार २ सय १, स्पेनमा २६ हजार २ सय ९९, फ्रान्समा २६ हजार २ सय ३३ जनाको मृत्यु भएको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा ३९ लाख ३७ हजार ८ सय १३ जना मानिस संक्रमित भएका छन् । संसारभर एकै दिनमा ९७ हजार भन्दा बढी नयाँ संक्रमित थपिएको तथ्यांक रहेको छ ।
अमेरिकामा १२ लाख ८३ हजार ९ सय ८, स्पेनमा २ लाख २२ हजार ८ सय ५७, इटालीमा २ लाख १७ हजार १ सय ८५, युकेमा २ लाख १२ हजार ६ सय २९, रसियामा १ लाख ८७ हजार ८ सय ५९, फ्रान्समा १ लाख ७६ हजार २ सय २ जना संक्रमित भएका छन् ।
विश्वमा १३ लाख १९ हजार ४ सय ४७ जना निको भएर घर फर्किसका छन् ।
अमेरिकामा १ लाख ९८ हजार ९ सय ९३, जर्मनीमा १ लाख ४१ हजार ७ सय, स्पेनमा १ लाख ३१ हजार १ सय ४८ , इटालीमा ९९ हजार २३जना निको भएर घर फर्किसकेका छन् ।








