
काठमाडौं, २६ वैशाख
नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।
देवकोटाले मन्त्रालयको नियमित पत्रकार सम्मेलनबाट नेपालमा थप एक जनामा कोरोना पुष्टि भएको जानकारी दिएका थिए ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ ।










