काठमाडौं, २६ वैशाख
संघीय संसदका सांसद र कर्मचारीहरुको बिहीबार भएको कोरोना परीक्षणको रिपोर्ट निगेटिभ आएको छ ।

संसदीय संसद सचिवालयका अनुसार स्वास्थ्य प्रयोगसाला टेकुले सबैको रिपोर्ट तयारी पारिसकेको छ । उनीहरुको रिपोर्ट संसद भवनकै अगाडि वितरण गरिनेछ ।

विहीबार संघीय संसद भवनमा ४ सय ४१ जनाको स्वाब लिइएको थियो । जसमा १७९ जना प्रतिनिधिसभा सदस्य, ३३ राष्ट्रियसभा सदस्य र २२९ जना कर्मचारी तथा मर्यादापालक थिए ।

बाँकी सांसद, सुरक्षाकर्मी र कर्मचारी गरी ८३ जनाको स्वाब संकलन कार्य शुक्रबार विहान ८ बजे देखि १० बजे सम्म संसद भवनमै संकलन गरिएको छ । उनीहरुको रिपोर्ट आजै साँझसम्म आउने जनाइएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here