कोरोना संक्रमितको संख्या एक सय नाघ्यो, कपिलवस्तुमा २ जनालाई संक्रमण पुष्टि

बागलुङ, २५ बैशाख ।
नेपालमा कोरोना संक्रमितको संख्या एक सय कटेको छ । बिहिबार साँझ २ जनामा कोरोना संक्रमित देखिएको छ ।
आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा कपिलवस्तुका २ जना पुरुषलाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा संक्रमितको संख्या १ सय १ पुगेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कपिलबस्तु–८ का १६ बर्षिय र २२ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here