रोल्पा, २४ वैशाख
रोल्पामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नं. २ सिर्प निवासी ४० वर्षीय चित्र पुन र ६३ वर्षीय भीमबहादुर विकको मृत्यु भएको हो ।

रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरूङले बिहान साढे ८ बजेतिर चट्याङले लागेर उनीहरू दुवै जनाको घटनास्थलमै मृत्यु भएको बताए ।

‘उहाँहरू दुबै जनाको घर तलमाथि छ, दुबै जना बाहिर निस्केको समयमा चट्याङले लागेर मृत्यु भएको हो,’ डिएसपी गुरूङले भने ।

उनीहरू दुबै जना घर बाहिर निस्केको समयमा चट्याङले हानेको भए पनि उनीहरूको बीचको घरका मानिसहरू भने सकुशल रहेको प्रहरीले बताएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here