काठमाडौं, २४ वैशाख ।
नेपालमा दुई महिने शिशु सहित थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साको वीरगञ्जका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको देवकोटाले जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here