कोरोना भाइरस अपडेटः विश्वभर मृत्यु हुनेको संख्या २ लाख ५८ हजार नाघ्यो

काठमाडौं, २४ वैशाख ।
चीनवाट फैलन शुरु गरेको कोरोनाभाइरसले अहिले विश्वका २ सय बढी देशलाई प्रभावित पारेको छ । कोरोनाको संक्रमणबाट विश्वभरमा मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । यस्तो अवस्थामा धेरै देशले कोरोना रोकथामको लागि लकडाउन पनि जारी राखेका छन् ।

वुधवार विहानसम्म वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५८ हजार ३ सय ६ पुगेको छ भने कोरोनाबाट संक्रमित हुनेको संख्या ३७ लाख २६ हजार ७ सय ९७ पुगेको छ ।

त्यस्तै विश्वभरका १२ लाख ४१ हजार ९ सय २५कोरोना संक्रमित निको भई घर फर्किसकेका छन् । विश्वभरमा कोरोनाको प्रभाव सबैभन्दा बढी ठुला देशहरु जस्तै अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी लगायतमा परेको छ ।

आज बिहानसम्म वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ हजार २ सय ७१ पुगेको छ भने संक्रमितको संख्या १२ लाख ३७ हजार ६ सय ३३ जना पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित २ लाख ६ सय २८ जना निको भइसकेका छन् ।

त्यस्तै स्पेनमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २५ हजार ६ सय १३ पुगेको छ भने संक्रमितको संख्या २ लाख ५० हजार ५ सय ६१ पुगेको छ । त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ हजार ३ सय १३ पुगेको छ भने संक्रमितको संख्या २ लाख १३ हजार १३ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here