बागलुङ, १९ बैशाख ।
शुक्रबार एकैदिन दुईजना व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती निकाल्दै आज रुपन्देही र नेपालगंज, बाँकेमा २ जनालाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका सहप्रबक्ता डा. समिर कुमार अधिकारीले रुपन्देहीका २५ बर्षिय पुरुष र नेपालगंज बाँकेका ६० बर्षिय पुरुषमा भाइरसको संक्रमण देखिएको जानकारी दिए । डा. अधिकारीले दुवैको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । जसमा १६ जना निको भएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here