कालिकोट, १८ बैशाख ।
स्थानीयको कुटाइबाट घाइते कालिकोट पचालझरना गाउँपालिका– १ का वडाध्यक्ष रत्नलाल न्यौपानेको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । बुधबार दिउँसो नेपाली कांगे्रस निकट स्थानीयले कुटपिटबाट गम्भीर घाइते भएका वडाध्यक्ष न्यौपानेको कोहलपुर शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि बिहीबार काठमाडौं रिफर गरिएको छ ।
बुधबार उपभोक्ता समिति गठनको विषयमा स्थानीय युवाले वडाध्यक्ष न्यौपानेलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । टाउकोमा गम्भीर चोट लागेका वडाध्यक्ष न्यौपानेको कोहलपुर मेडिकल कलेजमा उपचार हुन नसक्दा थप उपचारका लागि काठमाडौं लगिएको घाइते न्यौपानेका भतिज धनिराम न्यौपानेले बताए ।
वडा अध्यक्ष न्यौपाने घटनामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय पचालझरनाले स्थानीय पारस न्यौपाने, उमेश न्यौपाने, तिलक न्यौपाने, जनक न्यौपाने र कमल न्यौपानेलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले दुव्यवहार र कुटपिटप्रति गम्भीर ध्यानाकर्षण भएको भनी पे्रस विज्ञप्ति प्रकाशित गरी दोषीलाई कडा कारवाहीको माग गरेका छन ।

rajdhanidaily.com

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here