काठमाडौं, १६ वैशाख ।
पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव अपहरण प्रकरणको उजुरी सरकारी वकीलको कार्यालयले पनि लिन अस्वीकार गरको छ ।
अपहरणसम्बन्धी उजुरी दिन जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेपनि उजुरी नलिइएको हो ।
सांसद यादवलाई केही दिनअघि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ किसान तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महोत्तरीबाट काठमाडौं ल्याएका थिए ।
आफ्नो इच्छाविपरीत काठमाडौं ल्याएको भन्दै सांसद यादवले महानगरीय प्रहरी परिसर काठमाडौंमा आइतबार जाहेरी निवेदन दिए पनि दर्ता भएको थिएन ।
मंगलबार जनता समाजवादीका शीर्ष नेताहरू उपेन्द्र यादव, शरदसिंह भण्डारी, राजेन्द्र महतोसहित जाहेरी दर्ता गर्न सरकारी वकिल कार्यालय पुगे पनि दर्ता गर्न नमानेको उक्त पार्टीका नेता केशव झाले बताए ।
‘हामी सरकारी वकिल कार्यालयमा जाहेरी लिएर गएका थियौं । छलफलका लागि समय चाहिन्छ भन्दै उहाँहरूले आलटाल गर्नुभयो,’ उनले भने, ‘दर्ता गर्न नमानेपछि हामी यहाँबाट निस्कियौं ।’
उनका अनुसार अब डिआइजी कार्यालय वा सर्वोच्च अदालतबाट सत्तारूढ नेकपाका सांसदद्वय र पूर्वप्रहरी महानिरीक्षकविरूद्ध जाहेरी दिने तयारी छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here