वैशाख २५ सम्म लम्बियो लकडाउन

काठमाडौं, १४ वैशाख ।
सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
आइतबार साँझ बसेको मन्त्रीपरिषद बैठकले नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै लकडाउन थप्ने निर्णय गरेको हो । तर उद्योग कलकारखाना सञ्चालनमा भने खुकुलो बनाइएको एक मन्त्रीले जानकारी दिए ।
यसअघि बैशाख १५ गते सम्मका लागि लकडाउन घोषणा गरिएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here