कोरोना भाइरस संक्रमण रोकथामको लागि नेपालमा लकडाउन घोषणा गरेको एक महिना पुरा भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा सिमित छ । पहिचान हुने र उपचार पश्चात निको भएर घर फर्कने पनि राम्रो छ । लकडाउनको प्रभावकारी कार्यान्वयन भएकै कारण नेपालमा आजको मितिसम्म भाइरसको संक्रमण भयाभय अवस्थामा पुग्न पाएको छैन अर्थात दोस्रो चरणमै सिमित छ । हालसम्म कुनै पनि संक्रमितले कोरोनाको कारण ज्यान गुमाउनु नपर्ने र कोरोना दोस्रो चरणमा सिमित रहनुले लकडाउनको प्रभावकारीतालाई थप टेवा पु¥याएको छ । उपयुक्त उपचार विधी नभएको कोरोना संक्रमण रोकथाम उपयुक्त विधी लकडाउन मानिएको छ । छिटफुट बाहेक संसारका अधिकांश देशले लकडाउनलाई नै भरपर्दो विधी स्वीकार गर्दै प्रयोगमा ल्याएका छन् । नेपालमा हालसम्म ४९ जनामा कोरोना पुष्टि भएको छ । भने १२ जना सफल उपचार पश्चात घर फर्केका छन् । सफल उपचार हुने मध्ये बागलुङका दुई जना पनि छन् । कोरोना उपचारमा बागलुङको धौलागिरी अञ्चल अस्पताल सफलता प्राप्त गरेको छ ।
तत्कालमा गण्डकी प्रदेश भित्रका ११ जिल्ला कुनै पनि कोरोना संक्रमित छैनन् । दुई जनाको सफिल उपचार पश्चात उच्च जोखिमको बागलुङ पनि संक्रमणमुक्त जिल्ला भएको छ । स्वाव तथा ¥यापिड टेष्ट मार्फत करिव एक हजार दुई सय जनाको स्वास्थ्य परीक्षण गरेपनि सबैको रिपोर्ट नेगेटिभ आएको तथ्यले सम्भावित संक्रमितहरु पनि सुरक्षित रहेका छन् । यस अर्थ बागलुङ ग्रिन जोनको रुपमा विकास हुँदै थियो । तर पछिल्ला तीन÷चार दिनयता काठमाडौं, चितवन, बुटवल लगायतका जिल्लाबाट जुनरुपमा नागरिकहरु भित्र्यिका छन् त्यो नै जिल्लाको लागि चुनौती पूर्ण छ ।
सांसदहरुले आफ्नो भोटरको उद्धार त गरे तर समन्वय विना भएको उद्धारले कोरोना संक्रमणको जोखिम र त्रास बढाएको छ । गाउँ÷गाउँमा पुनः एक पटक त्रास फैलिएको छ । शहरी क्षेत्रमा दुःख पाएकाहरुलाई आफ्नो घर सम्म पु¥याउने कामलाई पुरै नराम्रो भन्न सकिदैन तर शहरको घरभित्र थुनिएर उकुशमुकुश भएर गाउँ गएपछि लखरलखर डुल्न पाईन्छ, भेला, जमघट हुन पाइन्छ त्यसपछि सजिलै दिन काटिन्छ भन्ने उद्देश्यले गाउँ भित्रनेहरुले पक्कै पनि त्रासलाई बढुवा दिनेछ । उद्धार भन्दा पनि उनीहरुलाई बसेको ठाउँमा सहयोग गरेर सहज दैनिकी बनाउने तर्फ सोचेको भए उपयुक्त हुन्थ्यो तर त्यसो हुन सकेन उनीहरु गाउँ–गाउँ पुगी सके अब उनीहरुलाई होम क्वारिन्टिनको नियम कडाइका साथ लागु गर्नुको विकल्प छैन । सांसदहरुले मतदातालाई उद्धार गरियो भनेर आफ्नो टाउको जोगाउने काम मात्र गरेर हुँदैन् । गाउँ–ठाउँमा रहेका मतदाताको पनि ख्याल गर्नुपर्छ । उनीहरुको पनि स्वास्थ्यलाई महत्व दिँदै अप्रिय घटनाबाट रोक्न पालिकासँग समन्वय गरी निगरानी बढाउनु अनिवार्य छ ।

 

२०७७ बैशाख १४ गते प्रकाशित

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here