
वीरगञ्ज, १४ बैशाख ।
नेपालमा थप दुई जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । आईतबार विरगञ्जमा थप दुई जना पुरुषमा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५१ पुगेको छ ।
वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका क्रममा छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारीमा संक्रमित पाइएको हो ।
अर्को संक्रमित घुसुकपुरका पुरुष हुन् । उनलाई सम्भावित संक्रमितका रुपमा सिद्धार्थ मावीको क्वारेन्टाइनमा राखिएको थियो । दुबैलाई नारायणी अस्पताल भर्ना गरिएको छ ।










