
बागलुङ, १२ बैशाख ।
झापामा एक जना कोरोना संक्रमित थपिएका छन् ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणअनुसार थप एकमा कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमित झापा निवासी ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै अब नेपालमा संक्रमितको संख्या ४९ पुगेको छ। यो संख्यामा ११ जना निको भएर घर फर्किएका छन् ।










