मध्यरातमा भयो समाजवादी र राजपाको पार्टी एकता, नाम ‘जनता समाजवादी पार्टी’

काठमाडौं, १० वैशाख ।
प्रधानमन्त्री केपी ओलीले जसरी अपर्झट राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर चक्मा दिएका थिए,त्यसलाई बिर्साउने झल्को दियो समाजदवादी पार्टी र राजपाबीचको एकताले ।
दुई दलबीच एकताबारे १० वैशाख ०७७ को दिनभरी सामान्य छलफल समेत नसुनिएको बेला राति एक्कासी पार्टी एकताको निर्णय आयो । राति ११ बजे दुई दलबीच एकतामा सहमति भयो । दुई दलबीच भएको सहमति अनुसार पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ र निर्वाचन चिन्ह ‘छाता’ मा हुने भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here