थप ३ जनामा कोरोना पुष्टि, कुल संक्रमित ४५ पुग्यो

काठमाडौं, १० वैशाख ।
नेपालमा थप तीन जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका अनुसार घरानमा गरिएको पीसीआर परीक्षणमा ३ वटा नमूना पोजेटिभ पाइएको हो । आज उदयपुरका २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना निको भइसकेका छन्

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here