
बागलुङ, ९ फागुन ।
पालमा नेपालमा कोरोनाभाइरसबाट संक्रमति हुनेहरुको संख्या ४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहप्रवक्ता डा. समिर कुमार अधिकारीले आज बेलुकी ७ बजे जागरी गरेको प्रेस विज्ञप्तीमा उक्त कुराको जानकारी दिइएको छ ।
यसअघि उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको र कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको जनाइएकाे थियो । योसँगै उदयपुरमामात्रै कोरोनासंक्रमितको संख्या २४ जना पुगेको छ ।
उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि आजै उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
उनका अनुसार उदयपुरका १०० जनाको पीसीआरको लागि नमुना संकलन भएकामा धरानमा परीक्षण भइरहेको थियो ।
संक्रमित सवैको अवस्था सामान्य रहेको र ४ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।











