बागलुङ, ९ बैशाख ।
मंगलबार दिउँसो परेको चट्याङले लागेर बागलुङको गल्कोट नगरपालिका–१ दुदिलाभाटीमा एक महिलाको मृत्यु भएको छ ।
घरमै बसिरहेको बेला चट्याङले लागेर दुदिलाभाटी टोड्केकी ६० बर्षिया विजुली खत्रीको मृत्यु भएको वडाअध्यक्ष नेत्र बुढाथोकीले जानकारी दिनुभयो ।
घरमा श्रीमान श्रीमति वसिरहेको अवस्थामा चट्याङ लागेपछि ज्यान गएको हो । उनका श्रीमान सोम वहादुर खत्री समेत चट्याङका कारण सामान्य घाईते भएका छन्










