नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुग्यो, एकै दिन १० जनामा संक्रमण पुष्टि

काठमाडौं, ९ बैशाख ।
उदयपुरमा थप १० जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
योसहित उदयपुरमा मात्रै सङ्क्रमितको सङ्ख्या २३ पुगेको छभने देशभर सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here