
काठमाडौं, ९ वैशाख ।
उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३२ पुगेको छ ।
उदयपुरका अरू ८ जनाको स्वाब विराटनगरमा परीक्षण गर्दा उनीहरूमा पनि कोरोनाको संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अुनसार ती ८ जनाको स्वाब पुन: परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । ती ८ जनालाई उपचारका लागि उदयपुरबाट धरान पठाइएको छ ।
नेपालमा ३२ जनालाई संक्रमण देखिएकोमा ४ जनालाई निको भइसकेको छ । ४ जना निको भएर घर फर्किएका छन् ।










