बागलुङ, ९ बैशाख ।
काठेखोला गाउँपालिका–२ भीमापोखराको सिमा र ३ धम्जाको ओखले, माझकटेरा, द्वारामा सोमबार दिउँसो हावाहुरी, पानी सहित परेको असिना पर्यो । केहि दिनदेखि हरेक दिन दिउँसो २ बजेदेखि हावाहुरी सहित पानी परेपनि सोमबार धम्जा र भीमापोखराका कृषकहरुको लागि कालो दिन हुन पुग्यो ।


सोमबार दिउँसो २ बजेदेखि २ः३० बजेसम्म परेको असिना पानीले कृषकहरुको भित्र्याउने बेलाको गहुँ, जौं सहित आलु, तरकारी खेती पूर्ण रुपमा नष्ट गरिदियो । असिनाले सिमा र धम्जाका कृषकहरुले घरमा भित्र्याउने तयारीमा रहेका गहुँ, जौं बारिमै झारिदियो भने भरखरै टुसा उम्रेका आलु, मकै माटोमै विलिन भए । रुखमा भरखरै फुल खेलेका र बतिला लागेका आरुपोखरा, पलाम लगायतका फलफुलहरुको पात समेत नरहने गरि असिनाले झारिदियो ।
असिनाले नष्ट गरेको गरेको धम्जा र भीमापोखराको खेतीहरुको धम्जाका लोकबहादुुर भण्डारी, भीमापोखराका प्रेम केसीले खिचेका तस्विरहरुः

 

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here