
काठमाडौं, ८ बैशाख ।
कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचारका लागि प्लाज्मा उपचारको परीक्षण हुने भएको छ ।
कोरोना भाइरस संक्रमण निको भएकाहरुको रगतको प्रयोग गरी अस्पतालमा रहेका संक्रमित बिरामीको उपचार गर्ने विधिको परीक्षण बेलायतमा सुरु हुने भएको हो ।
बेलायतको एनएचएस ब्लड एण्ड ट्रान्सप्लान्ट (एनएचएसबिटी) ले कोभिड–१९ बाट निको भएकाहरुलाई स्वतन्त्र रुपमा रगत दान गर्न आग्रह गरेको छ ।
निकोभएकाहरुको शरीरमा उत्पादन भएको एन्टिबडीले अरु संक्रमितको उपचारमा रहयोग गर्ने अपेक्षा गरिएको छ । अमेरिकामा प्लाज्मा विधिको परीक्षण सुरु भएको छ । अमेरिकामा यो अनुसन्धानका लागि १५ सय भन्दा बढी अस्पताल सहभागी भएका छन् ।
जब कुनै व्यक्तिमा कोभिड–१९ भएमा त्यसको प्रक्रियाका लागि उनीहरुको प्रतिरक्षा प्रणालीले एन्टिबडी उत्पादन गर्छ । सो एन्टिबडीले भाइरससँग लड्ने काम गर्छ । त्यो एन्टिबडी रगतमा पाइने गर्छ ।
निको भएका व्यक्तिबाट प्लाज्मा संकलन गरी अस्पतालमा रहेका कोरोना संक्रमितहरुको उपचारमा प्रयोग गर्न सकिन्छ । कार्डिफको युनिभर्सिटी हस्पिटल अफ वेल्स (युएचडब्लु) को टोली अनुसन्धान सुरु गरेको हो ।










