कोरोना कहरः २४ घण्टामा ७ हजारको ज्यान गयो

काठमाडाैं, ३ बैशाख
मंगलबार विश्वभर कोरोना भाइरस (कोभिड–१९) का ७६ हजार ६ सय नयाँ संक्रमित थपिँदा ६ हजार ९ सय ७८ जनाले ज्यान गुमाएका छन् ।
बितेको २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा २६ हजार नयाँ संक्रमित देखिँदा २४ सयले ज्यान गुमाए ।
त्यस्तै, बेलायतमा ७७८ हजारले ज्यान गुमाउँदा ५ हजार २ सय नयाँ संक्रमित थपिएका छन् । फ्रान्समा २४ घण्टाभित्र साढे ६ हजार संक्रमित भेटिएकामा ७६२ को मृत्यु भएको छ । इटालीमा ६०२ व्यक्तिले ज्यान गुमाउँदा २९ सय संक्रमित थपिएका छन् ।
वर्ल्डमीटर इन्फोका अनुसार विगत २४ घण्टामा स्पेनमा ४९९ जनाको मृत्यु हुँदा करिब ३ हजार संक्रमितको पुष्टि भएको छ । वर्ल्डमीटरले मंगलबार चीनमा नयाँ संक्रमण र मृत्यु भएकोबारे तथ्यांक उल्लेख गरेको छैन । छिमेकी मुलुक भारतमा मंगलबार १ हजार ३४ नयाँ संक्रमित थपिँदा ३५ जनाले ज्यान गुमाएका छन् ।
नेपालमा मंगलबार २ जना संक्रमितको पुष्टि भयो । योसँगै नेपालमा संक्रमितको कुल संख्या १६ पुगेको छ । जसमध्ये १ जना निको हुँदा १५ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरमा देखिएको कोरोनाबाट विश्वका २१० देश प्रभावित भइसकेका छन् ।
बुधबार बिहानसम्म कोरोनाबाट १९ लाख ९७ हजार संक्रमित हुँदा १ लाख २५ हजार बढीको ज्यान गइसकेको छ । यस्तै, ४ लाख ७८ संक्रमित भने उपचारपछि घर फर्किएका छन् ।

कोरोनाबाट सर्बाधिक प्रभावित १० देशको पछिल्लो परिदृश्य

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here