श्रीकृष्ण सुवेदी
काठमाडौं, २९ चैत ।
कोरोना माहामारीले २०९ देश र २ अन्तराष्ट्रिय पानीजहाजलाई छोइसकेको छ भने ९ जना नेपालीको ज्यान गइसकेको छ । यहि माहामारीमा विश्वभर रहेका करिब सातसय जना नेपाली पनि कोरोनाको संक्रमणमा परेका छन् ।
कोरोना माहामारीले विश्वका २०९ देश र २ अन्र्तराष्ट्रिय पानीजहाजलाई छोईसकेको छ । कोरोनाको यो महामारीबाट ९ जना नेपालीले ज्यान गुमाईसकेका छन् भने करिब ७०० जना संक्रमित बनेका छन् ।
कोरोना संक्रमणमा सबैभन्दा बढी अमेरिकामा रहेका नेपाली परेका छन् । अमेरिकामा हालसम्म ५ नेपालीको ज्यान गइसकेको छ भने करिब ६०० नेपालीमा संक्रमण पुष्टि भएको छ ।
कोरोनाको महामारी फैलिएको अमेरिकामा ज्यान गुमोउने नेपालीमध्ये माथिल्लो मुस्ताङको लोमान्थाङका स्थायी घर भई २० बर्षदेखि युन्र्याेकमा बस्दै आएका ४८ बर्षीय थोक्मे बिष्टको मृत्यु भएको छ ।
त्यस्तै मुस्ताङ घर भई न्युयोर्कको क्वीन्समा बस्ने ४० बर्षीय सोनाम लामाको पनि कोरोनाको कारण मृत्यु भएको छ । कोरोनाकै कारण पांचथर रानीगाउ स्थायी घर भई विगत १५ बर्षदेखि अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएका ५० बर्षिय अनिल लिम्बुको चैत ११ गते मृत्यु भएको थियो ।
त्यस्तै अमेरिकामै अर्का ७१ बर्षिय अर्का नेपाली नागरिकको पनि ज्यान गएको छ । उनको नाम भने सार्वजनिक गरिएको छैन । अेरिकामा मात्रै होइन बेलायमा रहेका ३ पूर्व गोर्खा सैनिकको पनि ज्यान गएको छ ।
संखुवासभा खा“दबारी स्थायी घर भई बेलायत बस्दै आएका पूर्वगोर्खा सैनिक लीलाबहादुर राईको चैत ८ गते मृत्यु भएको थियो । त्यसैगरी चैत्र १० गते बेलायतमा नै रहदै आएका चितवनका ४० वर्षीय प्रशान्त अर्यालको समेत कोरोना संक्रमणको कारण ज्यान गएको छ ।
पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको पनि कोरोनाको कारण ज्यान गएको छ । बेलायतमा कोरोना संक्रमित नेपालीको संख्या पनि बढिरहेको छ ।
बेलायतमात्र होईन खाडी मुलुक संयुक्त अरब इमिरेट्स (यूएई) कार्यरत रुपन्देही देवदह ६ खैरेनीकी बिनु पराजुलीकोपनि मृत्यु भएको छ ।
बहराइनमा अहिलेसम्म २२, यूएईमा ११, साउदीमा ४, कुवेतमा ४ र मलेसियामा १ जना गरी ४२ जना नेपाली कोरोनाको संक्रमणमा परेका छन् ।
जसमध्ये साउदीमा तीन र यूएईमा दुई गरी पांच जना निको भएर काममा फर्किएका छन् । अनि जापानमा बस्दै आएका एक नेपालीमा पनि कोरोनाको संक्रमण भेटिएको छ ।
यी बाहेक विश्वभर छरिएर रहेका नेपालीमा कोरोनाको संक्रमण र पछिल्लो अवस्थाबारे जानकारि लिईरहको सरकारले जनाएको छ ।
सगरमाथा डट टिभिबाट साभार ।









