बर्खामा लाग्नसक्ने सात प्रमुख रोग र सुस्वास्थ्यका निम्ति ध्यान दिनुपर्ने सात उपाय

बर्खा ऋतु खेतीपातीको समय हो । यो हरियालीको मौसम पनि हो । तर, यो समयमा बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोप पनि आउँछन् भने विभिन्न रोग पनि यही समयमा फैलन्छ । बर्खामा लाग्नसक्ने सात प्रमुख रोग र सुस्वास्थ्यका निम्ति ध्यान दिनुपर्ने सात उपायः
रोगहरू

१. डेंगु
२. सर्दी
३. ज्वरो
४. खाना र पानीमा संक्रमण
५. हैजा
६. झाडाबान्ता
७. पखाला
जोगिने सात उपाय
बर्साती नछुटाउनुस्ः अधिकांशले छाता वा पानीबाट जोगिने अन्य बर्सादी बोक्न अल्छी गर्छन् । तर, पानीमा भिज्दा भाइरल संक्रमणदेखि चिसो लाग्ने र रुघाखोकी लाग्ने सम्भावना हुन्छ । त्यसैले पानीमा नभिज्न बर्साती बोक्नु उचित हुन्छ ।
प्रशस्त भिटामिन सी खानुस्ः भिटामिन सीको प्रशस्त प्रयोगले आर्द्र मौसममा लाग्नसक्ने भाइरल इन्फेक्सनबाट जोगाउँछ । अमिलोयुक्त फलफूलबाट नै प्रशस्त भिटामिन सी पाउन सकिन्छ ।
पानीमा भिजेपछि नुहाउनुस्ः धेरै मानिस पानीमा भिज्दै घर आउँछन् तर नुहाउन अल्छी मान्छन् । पानीमा भिजेपछि नुहाउँदा धेरै प्रकारका संक्रमणबाट जोगिन सकिन्छ । त्यसैले पानीमा भिजेपछि नुहाउनु ठीक हुन्छ ।
तातो पेय प्रयोग गर्नुस्ः पानीमा भिज्दै आएर नुहाएपछि तातो पेय पदार्थ दूध, चिया वा कफी पिउँदा चिसो लाग्नबाट र शरीरको तापक्रममा आउने परिवर्तनले हुने संक्रमणबाट जोगाउनसक्छ ।
सरसफाइमा ध्यान दिनुस्ः बर्खाको समयमा खेतमा काम गरिन्छ भने हिलो वा फोहोर पानीको सम्पर्कमा पनि आइन्छ । त्यसैले सरसफाइमा ध्यान दिनु आवश्यक छ । घरबाहिर हिँड्दा सेनेटाइजर बोकेर हिँड्नु ठीक हुन्छ भने घर फर्किनासाथ साबुनपानीले हातखुट्टा धोएर बस्नु उपयुक्त हुन्छ ।
प्रशस्त पानी पिउनुहोस्ः प्रशस्त पानी पिउँदा शरीरको तापक्रममा हुने घटबढबाट जोगिन सकिन्छ । यसले शरीरमा भएको हानिकारक पदार्थ निष्कासन गर्न पनि सहयोग गर्छ ।
पोषणयुक्त र सफा खानुहोस्ः पोषणयुक्त खानामा ध्यान दिनुहोस् । सकेसम्म बाहिरको खानेकुरा नखानुहोस् । पानीलाई क्लोरिन हालेर संक्रमणमुक्त बनाउनुहोस् । खाना बनाउँदा राम्रोसँग धोइपखाली गर्नुहोस् । सफा र पोषणयुक्त खानेकुराले खानामा हुने संक्रमण तथा झाडाबान्ताजस्ता समस्याबाट जोगाउँछ । annapurnapost