
बहराइन, २७ चैत ।
बहराइनमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।
बहराइनको मनामास्थित नेपाली दूतावासले बिज्ञप्ति जारी गर्दै थप १० जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ । यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।










