
बिनोद बिश्वकर्मा
बुर्तिबाङ, २३ चैत ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनिकरणको लागि नेपाली काँग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नं. २ बागलुङले सचेतना अभियान सुरु गरेको छ ।
कार्यसमितिले पहिलो दिन आईतबार बागलुङका ६ वटा पालिका, ४८ स्वास्थ्य संस्था, ४ प्रहरी कार्यालय, १ प्रशासन कार्यालय र ३ संचार माध्यमलाई स्वास्थ्य वितरण गरेको हो ।

बितरण कार्यक्रमको पहिलो दिन आईतबार बुर्तिबाङमा रहेको ढोरपाटन नगरपालिका कार्यल, ईलाका प्रशासन कार्यलय बुर्तिबाङ,र ईलाका प्रहरी कार्यलय बुर्तिबाङलाई माक्स ५० पिस, जीवन जल १ वक्स, हातधुने सावुन २० पिस, सिटामोल २ वक्स, गलोब २ वक्स, सेनिटाइजर १ पिसका दरले वितरण गरएिको नेपाली कांग्र्रेस क्षेत्र नं २ बागलुङका सभापति दोर्ण कुमार कुवँरले जानकारी दिनुभयो ।
त्यसैगरी क्षेत्र नं.२ अन्तर्गत पर्ने बाकिँ रहेको १ नगर र ४ गाउँपालिकामा १/१ पिस पीपीई उपलब्ध गराउने तयारी समेत भइरहेको सभापति कुवँरले बताउनु भयो ।
यस्तै बुर्तिबाङमा सञ्चालित ३ सञ्चार माध्यामलाई समेत ५ पिस साबुन, ५/५ वटा ग्लोब , ५/५ वटा माक्स समेत बितरण गरिएको हो ।

बितरण कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं.२ बागलुङका सभापती दोर्णकुमार कुवँर, महाधिवेशन प्रतिनिधी सिँहबहादुर राना, प्रदेश २ (ख) सचिव दिपेन्द्र श्रेष्ठ, महाधिवेशन प्रतिनिधी सोम पौवी यामु, ढोरपाटन नगर सभापती शालिकराम शर्मा शिक्षक संध ढोरपाटन नगर सदस्य योगेन्द्र परियार लगाएतको उपस्थिती रहेको थियो ।
क्षेत्र नं २ अन्र्तगतका ४८ वटै वडा अन्तर्गत पर्ने गाउँ तथा नगरपालिका, स्वास्थ्य सँस्था,र प्रहरी कार्यलयमा उक्त सामाग्री वितरणको कार्यक्रमलाई तिब्रता दिईने नेपाली कांग्रेस महादिबेसन प्रतिनिधि सोम पौवी यामुले जानकारी दिनुभयो ।










