लकडाउनमा कडाई, एकै दिन ४५ जनालाई नियन्त्रणमा लिई छोडियो

बागलुङ, २३ चैत ।
जिल्ला प्रहरी कार्यालय बागलुङले लकडाउनमा कडाई गरेको छ । सरकारले लकडाउनलाई झन कडा पार्ने निर्णय गरेको सँगै जिल्ला प्रहरी कार्यालय बागलुङले आज लकडाउन उल्लंघन गर्ने ४५ जनालाई नियन्त्रणमा लिइ छोडेको छ ।
आईतबार विहानैबाट गस्ती बढाएको प्रहरीले लकडाउन उल्लंघन गरि सडकमा हिड्ने विहान ४० र दिउँसो ५ जनालाई नियन्त्रणमा लिइ छोडेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपि) नवराज भट्टले जानकारी दिनुभयो ।
उहाँले अत्यावश्यक काम नपरेका मानिस भित्रै बसिदिन अनुरोध गर्दा समेत नटेरेपछि पक्राउ गर्न सुरु गरिएको बताउनुभयो । एसपि भट्टले मुलुक लकडाउन रहेको र बाहिर हिडडुँल गर्न बन्द गरिएको थाहा पाउँदा पाउँदै सडकमा हिड्नेहरुलाई पक्राउ गरि १, २ घण्टा चौरमा राखेर छोडिएको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय बागलुङले शनिबार नै फेसबुक मार्फत खाद्यान्नको लागि पसलहरुको फोन नम्बर लिइ घरमै मगाउन र पसललाई घर, घरमा पु¥याउन अनुरोध गरेको छ ।


प्रहरीले लकडाउन अबधिभर उलंघन गर्नेहरुलाई नियन्त्रणमा लिने र आवश्यक कारवाही गर्ने कार्य जारी राख्ने जनाएको छ ।
यस्तै गल्कोट बजारमा लकडाउन उल्लंघन गर्ने ४० जनालाई प्रहरुी चौकी हटियाले नियन्त्रणमा लिइ छोडेको छ । विना काम सडकमा हिड्ने ४० जनालाई नियनत्रणमा लिई आधा घण्टा शिवालय मन्दिर परिवरमा राखेर छोडेको प्रहरी चौकी हटियाका प्रमुख अनुप केसी क्षेत्रीले जानकारी दिनुभयो ।
यसैविच लकडाउनको अवधिभर बागलुङमा १३ ओटा सवारी साधनलाई कारवाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको अनुसार लकडाउनको पहिलो दिन चैत ११ गते १३ ओटा सवारी साधनलाई नियन्त्रणमा लिई सोहि दिन बेलुका छोडिएको छ ।

ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख शिव पाठकले सरकारले लकडाउनको घोषणा गरेको पहिलो दिनमा संचालन गरिएका १३ ओटा बाइकलाई नियन्त्रणमा लिई सम्झाएर बेलुका डोराएर लान दिएको बताउनुभयो । उहाँले लकडाउनको अवधिमा पास प्राप्त भएका बाहेक अन्य सवारी साधनहरु संचालन नभएको बताउनुभयो ।

-तस्विरः राजेशचन्द्र राजभण्डारी/खिम कार्की

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here