लकडाउन उल्लंघन गर्ने गलकोटका ४० जना प्रहरी नियन्त्रणमा

घनश्याम गौतम
गल्कोट, २३ चैत ।
काम बिनानै बजारमा हिँडीरहेका गलकोटका ४० जनालाई प्रहरी चौकी हटियाको टोलिले आज दिउसो नियन्त्रणमा लिएर शिवालयमा राखेको हो । आईतवारदेखि लकडाउन कार्यान्वयनमा कडाई थालेको प्रहरीले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन भनेको थियो ।
काम बिनानै हटिया बजारमा समुह बनाएर हिँडिरहेकालाई नियन्त्रणमा लिईएको प्रहरी चौकी हटियाका प्रमुख अनुप केसि क्षेत्रीले जानकारी दिनुभयो । नियन्त्रणमा लिईएका ४० जनालाई आधा घण्टा शिवालय मन्दीर परिसरमा राखेर छाडेको बताईएको छ ।
‘दुध, पानी, तरकारी, औषधि जस्ता अत्यावश्यक सामग्री खरिदका लागि जानेहरु बाहेक कसैलाई बाहिर नजान सार्वजनिक सूचना गरेका बताउदै क्षेत्रीले कोरोनाको महामारी फैलिन नदिनको लकडाउनको कार्यान्वयनमा उच्च सतर्कता अपनाईएको बताउनुभयो ।
उहाँले गलकोटको हटियामा बिनाकाममा हिडेका ३३ जना पुरुष र ७ जना महिलाई दुरी कायम गरि हटियाको शिबालय मन्दीर परिसरमा राखेर कोरोनाबारे सचेतन कक्षा सञ्चालन गरिएको क्षेत्रीले बताउनुभयो । प्रहरीले लकडाउनको उलंघन गर्नेहरुलाई नियन्त्रणमा लिने र आवश्यक कारवाही गर्ने जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here