
बागलुङ, २३ चैत ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई रोक्न नेपाल सरकारले दुई साता लामो ‘लकडाउन’ घोषण ग¥यो ।
सरकारले दोस्रो पटक चैत्र २५ गतेसम्मको लागि ‘लक डाउन घोषण गरेको छ । कोरोना संक्रमति विरामीको पहिचान हुँदै जान थाले पछि ‘लकडाउन’ अवधि थप हुने सम्भावना बढी हुन्छ ।
सरकारले लकडाउन घोषण गरे पछि सहर बजार अघिकांस समय सुनसान हुने गरेका छन् । सहरी क्षेत्रमा छिटफुट हिडडुल र दैनिक उपभोग्य सामाग्री खरिदको लागि हिड्नेहरु बढी देखिन्छ । सहरी क्षेत्रमा प्रशासन र प्रहरी जनशक्तिको डर र त्रासले पनि ओहोर दोहोर रोकिएको छ ।
कोरोना संक्रमणको डर फैलिए पछि स्वदेश तथा विदेशबाट गाउँ फर्कनेहरुको लर्काे नै लाग्यो । अहिले सहर सुनसान छ भने गाउँमा चहल पहल बढी नै देख्न सकिन्छ । सहर भन्दा गाउँ नै सुरक्षित ठान्नेहरु गाउँ फर्के पछि भेटघाट, भेला, खेलकुद र अन्य मनोरञ्जनका काममा सहभागी हुन थाले ।

गाउँ हो केही हुन्न भन्ने मासिकता हावि भए पछि गाउँमा त्रास फैलिएको थियो । गाउँमा सहर तथा विदेशबाट आएका व्यक्तिहरु भेला हुने, भलिबल, फुटबल तथा तास खेल्ने, भोजतेर गर्ने, समूह जम्मा भएर काटभार गर्नुका साथै समूहमा घुमफिर गर्न थालेको गुनासो थाल्यो ।
गाउँमा त्रास फैलिए पछि बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका वडाध्यक्ष विद्यापति शर्माले टोलटोलमा पुगेर अनुगमन थाल्नु भएको छ ।
‘टोलटोलबाट गुनासो बढे पछि अनुगमन थालेको हुँ’ उहाँले भन्नुभयो– ‘गाउँपालिका र सरकारको निर्णय विरुद्ध भेला हुनेलाई पहिलो चरणमा सम्झाएको छु, अन्यथा कार्वाहीको चरणमा जानुपर्ने बाध्यता हुन सक्छ ।
वडा कार्यालयको अनुगमन पछि सामुहिक भेला तथा घुमफिर रोकिएको उहाँले बताउनुभयो । ‘अहिले गाउँमा पनि लकडाउनको पालना भएको छ’ उहाँले भन्नुभयो–‘सबैले आफ्नो लागि सोच्नु पर्छ, सबैको सुरक्षा हुन्छ ।’
वडाध्यक्ष शर्माले आफु पनि स्वास्थ्य सुरक्षाका सामाग्री प्रयोग गर्दै टोल अनुगमनमा पुगेको जानकारी दिनुभयो । वडाभित्रका संशास्पद विरामीलाई स्वास्थ्यकर्मीको सल्लाह बमोजिम होम क्वारेनटिनमा राख्ने तथा अस्पताल पु¥याउने काम भएको छ ।










