कोरोना संक्रमण रोकथाम : एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

काठमाडौं, २२ चैत ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसको रोकथामका सरकारले थप लकडाउनलाई कर्डा गर्ने भएको छ ।


शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले भोली आईतबारदेखि थप कडाइ गर्ने निर्णय गरेको हो । बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।
पहिलो चरणअन्तर्गत चैत ११ गतेदेखि चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे भने सरकारले कुनै निर्णय गरेको छैन ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here