काठमाडौं, २२ चैत ।
नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण भएको छ । कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये एकजनामा स्थानीय संक्रमण पाइएको छ ।
संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ ।
अन्य दुईजना भने अन्य देशबाट आएका संक्रमित हुन् । मन्त्रालयका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाकी भाउजु हुन् । यससँगै स्थानीयस्तरमै पनि कोरोना संक्रमण देखिएको हो ।
३४ वर्षीया महिलामा यो संक्रमण पुष्टि भएको हो । पहिलो पटक नेपालमै बसेकामा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेको हो ।
आठौँ संक्रमित कैलालीको लम्कीनिवासी पुरुषमा देखिएको छ । २१ वर्षीय ती युवक केही समयअघि भारतको मुम्बईबाट आएको खुलेको छ। क्‍वारेन्टाइनमा राखिएका उनमा शुक्रबार साँझ कोरोना पुष्टि भएको हो ।
यस्तै नवौं संक्रमितमा कञ्चनपुरका ४१ बर्षिय पुरुष रहेका छन् । उनी भारतको भत्तराखण्डबाट फर्किएका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । यस अगाडी नेपालमा ६ जनामा संक्रमण देखिएको थियो । त्यस मध्ये एक जना निको भएर घर फर्कि सकेका छन्भने ५ जना आइसोलेसनमा भर्ना भएर उपचाररत रहेका छन् ।

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here