
काठमाडौं, २० चैत ।
दार्जिलिङमा एक बालिका सहित एकै परिवारका चार जनालाई कोरोना संक्रमण भएको पुष्टी भएको छ ।
गएको सोमबार कोरोना संक्रमणका कारण ज्यान गुमाउने कालेबुङ कि एक महिलाको परिबारका चार जनालाई कोरोना संक्रमणको पुष्टी भएको हो ।
उनीहरूको उत्तर बंगाल मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।
उत्तर बंगाल मेडिकल कलेजका अनुसार चारैजनाको रिपोर्ट बुधवार कोरोना पोजिटिभ आएको हो । ‘सबैजनाको रिपोर्ट पोजिटिभ आए पनि उनीहरूमा कोरोना भाइरससंक्रमणको कुनै लक्षण देखिएको छैन ।
सगरमाथा डट टिभिबाट साभार ।










