
काठमाडौं, १८ चैत ।
संयुक्त अरब इमिरेट्स यूएईमा ६ जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भएको छ ।
तीमध्ये दुई जना नेपाली निको भएर घर फर्किएको आबुधाबीमा रहेको नेपाली दूतावासले जनाएको छ ।
यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयलाई उद्धृत गर्दै नेपाली दूतावासले अहिलेसम्म ६ जना नेपालीमा कोरोनाको सङ्क्रमण भएको पुष्टि गरेको हो ।
सङ्क्रमित भएका ६ जना नेपालीमध्ये दुई जना चैत १० गते निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् र बाँकी चार जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको दूतावासले जनाएको छ ।
सगरमाथा डट टिभिबाट साभार ।









