काठेखोला–१ का विपन्न परिवारलाई खाद्यान्न सहयोग

बागलुङ, १८ चैत ।
काठेखोला गाउँपालिका वडा नम्बर १ ले अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
महामारीको रुपमा फैलिएको कोरोना भाइसरको कारण ज्याला मजदुर गरेर जीविकोपार्जन गर्दैल आएका स्थानीयको समस्यालाई मध्यनजर गरि सोमबार खाद्यान्न वितरण गरिएको वडा अध्यक्ष खडक थापाले जानकारी दिनुभयो ।


वडा कार्यालयले १५ घरपरिवारलाई वडाअध्यक्ष थापाले राहत वितरण गर्नुभएको थियो । उहाँले चामाल र दाल सहयोग गरेको जानकारी दिनुभयो ।
यस्तै वडा कार्यालयले सरस्वती प्राथमिक विद्यालयमा ६ बेडको क्वारेन्टाइन निर्माण गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here