‘लकडाउन’लाई पूर्णपालना गर्न नेकपा बागलुङको आग्रह

बागलुङ, १७ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी बागलुङले कोरोना संक्रमण रोकथामको लागि सरकारले घोषण गरेको ‘लकडाउन’लाई पूर्ण रुपमा पालन गर्न जिल्लावासीलाई आग्रह गरेको छ ।
नेकपाका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले सोमबार एक विज्ञाप्ती जारी गर्दै रोगलाई फैलन नदिनका लागि सरकारबाट घोषणा गरिएको लकडाउन अबधिभर आ–आफ्नै घरमा बस्न, एक अर्कासंग भेटघाट तथा सामुहिक काम कारबाही नगर्न आग्रह गर्नुभएको हो ।
आफू पनि सुरक्षित भई अरु सबैलाई सुरक्षित रहन मद्दत गर्ने उत्तम विधि लकडाउन भएको हुँदा सबैले पूर्णपालन गर्नुको विकल्प नभएको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
नेकपाले पार्टीका जिल्ला कमिटी सदस्य, नगररगाउँ, वडा तथा टोल कमिटीका सम्पुर्ण नेता कार्यकर्ताले भीडभाड नहुने गरि रचनात्मक तरिकाले कोरोना भाइरसको बारे प्रत्येक टोल तथा छिमेकमा सचेतना जगाउन, वैदेशिक रोजगारबाट घर फर्केकाहरुलाई क्वारेन्टाईनमा राख्न अनुरोध गरेको छ । ।
दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरुका लागि स्थानीय सरकारमार्फत बिशेष राहत कोष उपलब्ध गराउन र संघीय, प्रदेश तथा स्थानीय सरकारसँग नियमित सुचना सम्पर्क, समन्वय र सहकार्य गरी महामारी नियन्त्रणमा प्रभावकारी भूमिका निभाउन पार्टी कमिर्टीलाई निर्देश दिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here