कोरोना संक्रमित युवती सहित ११ जनाको नमुना संकलन

बागलुङ, १७ चैत ।
कोरोना संक्रमति बागलुङकी एक युवती सहित ११ जनाको स्वास्थय परीक्षणको लागि नमुना संकलन गरिएको छ ।
शनिबार कोरोना संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका–४ की युवतीको पुन सहित उनको परिवार र एउटै जहाजमा आएका दुई जना गरी ११ जनाको स्वास्थ्य परीक्षणको लागि सोमबार नमुना संकलन गरिएको हो ।
बेल्जियमबाट कतार हुँदै बागलुङ आएकी १७ बर्षिय युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनको परिवारमा पनि कोरोना भए नभएको पुष्टि गर्न ‘स्वाब’ परीक्षणको निकालिएको हो ।
धौलागिरी अञ्चल अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयले सोमबार संक्रमित युवती, उनको परिवारको साथै उनीसँगै आएकी बानपा–३ की महिला, ति महिलालाई काठमाडौं ल्याउन गएका एक पुरुष र ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका युवाको नमुना परीक्षणको लागि पठाएको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले जानकारी दिनभयो ।
अस्पतालले संक्रमित युवतीको घरमा पुगेर हजुरबुबा, हजुरआमा, बुबा, फुपु, फुपुका छोराछोरीको घाँटीको स्वाब निकालिएको छ ।
उनीहरुको स्वाब अञ्चल अस्पतालका ल्याब टेक्निसियन सुरल बराल, सोविता शर्मा, खिम बहादुर विक, हरि ढुंगाना र अर्जुन क्षेत्रीले संकलन गर्नुभएको थियो । भने ढोरपाटनमा जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन डिल्लीप्रसाद आचार्यले संकलन गर्नुभएको थियो ।
संक्रमित युवतीका परिवारसहित उनीसँगै आएका ३ जना होम क्वारेन्टाइमै बसेका छन् ।
युवतीको अवस्था सामान्य रहेको र ५, ६ दिनमा पुनः स्वाब परीक्षण गर्नुपर्ने भएकाले संक्रमित किशोरीको पनि स्वाब निकालिएको प्रमुख गुरौले जानकारी दिनुभयो । उहाँले ११ जनाकै स्वाब मंगलबार विहान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पठाइने र भोलीनै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइने जानकारी दिनुभयो ।
आजै पोखरामा पठाएपनि राती नै काठमाडौं नजाने भएकाले भोली विहानै पठाउने तयारी गरिएको स्वास्थ्य कार्यालयका प्रमुख गुरौंले खबरवे अनलाईनलाई जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here