
बागलुङ, १७ चैत ।
काठेखोला गाउँपालिका वडा नम्बर ७ रेश र वडा नम्बर ४ तंग्रामले विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
महामारीको रुपमा फैलिएको कोरोना भाइसरको कारण ज्याला मजदुर गरेर जीविकोपार्जन गर्दैल आएका स्थानीयको समस्यालाई मध्यनजर गरि खाद्यान्न वितरण गरेको रेशका वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।
वडा नम्बर ७ रेशको वडा कार्यालयले सोमबार ४० घरधुरीलाई प्रतिघर २ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको हो । प्रति परिवारलाई परिवारलाई १ बोरा चामल, २ केजी नुन, २ दाल, १ पोका तेल र १ ओटा सावुन उपलब्ध गराएको वडाअध्यक्ष लामिछानेले बताउनुभयो ।

यस्तै वडा नम्बर ४ तंग्रामले आईतबार १५ घरधुरीलाई खाद्यान्न सहयोग गरेको हो । वडाअध्यक्ष केशव थापाले विपन्न परिवारहरुलाई खाद्यान्न वितरण गर्नुभएको थियो । तंग्रामले चामल, नुन, दाल, तेल लगायतका खाद्यान्न सहयोग गरेको वडाअध्यक्ष थापाले जानकारी दिनुभयो ।










