
राजेशचन्द्र राजभण्डारी
बागलुङ, १७ चैत ।
विश्वव्यापी रुपमा फिैलिएको कोरोना भाइरसको महामारीको जोखिमसँग बचेर काम गर्न बागलुङका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकारहरुलाई ११ सय थान माक्स वितरण गरिएको छ ।
चेम्बर अफ कमर्स बागलुङले सोमबार कोरोना भाइरसको समयमा पनि दिनरात जोखिम मोलेर काम गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, बागलुङ नगरपालिका र नेपाल पत्रकार महासंघलाई निःशुल्क माक्स सहयोग गरेको हो ।
चेम्बर अफ कमर्सले जिल्ला प्रहरी कार्यालय बागलुङलाई १०० थान, श्री नम्बर २३ बाहिनी अड्डालाई १०० थान सशस्त्र प्रहरी बललाई ५० थान, बागलुङ नगरपालिकाको स्वास्थ्य शाखालाई १०० थान, नेपाल पत्रकार महासंघ बागलुङलाई २५ थान हस्तान्तरण गरिएको र बाँकी ६२५ थान मास्क ढोरपाटन नगरपालिका र गलकोट नगरपालिका भित्र बाड्ने योजना रहेको सचिव सन्तोष कुँवरले जानकारी दिनुभयो ।
अहिले कोरोनाको समयमा काम गर्न सहज होस भनेर नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र पत्रकारलाई मास्क प्रदान गरिएको सचिव कुँवरले बताउनुभयो ।
अहिले बितरण गरिएको माक्सले कोरोना भाइरसबाट जोगिन थोरै भएपनि सघाउ पु¥याउने जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज भट्टले बताउनुभयो ।
बागलुङ नगरपालिकासंग भएको मास्क हस्पिटल लगायतका क्षेत्रमा बितरण गरेर सकिएको बेला चेम्बरले जुन मास्क दिएको छ त्यसले ठूलो दान भएको बागलुङ नगरपालिका स्वास्थ प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।
अहिले देश पुरै लकडाउन भएपछि २४ सै घण्टा सेवा र सुरक्षामा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मीहरुले माक्सको अभावमा जोखिम मोलेर काम गरिरहेको समयमा अहिले चेम्बरले निःशुल्क वितरण गरेको माक्सले थोरै भएपनि राहत दिने देखिन्छ ।
अहिले जिल्लामा पठाएको मास्क नेपाल चेम्बर अफ कमर्स अफ आफैले केन्द्रमा उत्पादन गरेर पठाएको हो ।










