हरिचौरका युवाहरुले दिए वडाबासीलाई माक्स र साबुन

गल्कोट, १७ चैत ।
गलकोट हरिचौरका युवाहरूले आफनो ब्यक्तिगत खर्चमा वडाबासिलाई माक्स र साबुन वितरण गरेका छन ।
विश्वभर महामारीको रुपमा फैलिइरहेको नोवेल कोरोना भाइरस राेकथाममा सहयाेग पुर्याउने उदेश्यले युवा नेता पवन हमालकाे नेतृत्वमा वडाभित्र माक्स र सावुन वितरण सुरू गरिएकाे हाे । दिनप्रतिदिन नेपालमा समेत काेराेना संक्रमितकाे संख्या बढन थालेकाे र कुनैपनि निकाय यसतर्फ गम्भिर नदेखिएपछी गलकाेट नगरपालिका ५ भित्रका युवाहरू मिलेर रकम संकलन गरि वितरण कार्य सुरू गरिएकाे अभियन्ता हमालले बताउनुभयाे ।


माक्स र साबुन वितरण सँगै गाउलेलाई कोरोना लाग्ने कारण, बच्ने उपाय लगायतका बिषयमा सचेत बनाएको अभियानका सदस्य दिनेश खत्रिले बताउनुभयो ।
अभियानकाे पहिलाे दिन युवाहरूले आईतबार साविक हरिचौर गाबिसकाे वार्ड नं -६ कौलेनिमा ३०० पिस मास्क र १५० पिस साबुन बितरण गरेका छन । हमालका अनुसार आफुहरूले वडाभित्रका प्रत्येक घरमा १/१ साबुन र प्रत्येक ब्यक्तिलाई अनिवार्य रूपमा माक्स प्रदान गर्ने बताउनुभयाे ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here