सम्पादकीयः एउटै घटनाले देखाएको अवस्था

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (अर्थात कोभिड–१९)ले संसारकै शक्ति केन्द्रलाई समेत हायल कायल बनाएको छ । उत्कृष्ट स्वास्थ्य व्यवस्थापन भएको देशमा समेत भाइरसले तहसनहस बनाएको छ । वास्तवमै कोरोना प्राकृतिक प्रकोपको रुपमा फैलियो । यही रुपमा फैलिने र रोकथामको प्रमाणित विधी पत्ता नलाग्ने हो भने गम्भिर मानविय संकट नै निम्त्याउने खतराको घण्टी बजाएको र संसारलाई नै स्तब्ध बनाएको छ । ठूलो अर्थतन्त्र र स्वास्थ्य उपचार सुविधा भएको देशको त काबु बाहिर गहिसक्यो भने हाम्रो जस्तो मुलुकमा यसको प्रलय कस्तो होला । वास्तमै यो कल्पना भन्दा बाहिरको स्थिती हुनेछ त्यतिबेला जति बेला हामी आफ्नो परिवार, समाज र राष्ट्रको लागि हेलचक्राई गछौं ।
नेपालमा पनि पाँच जनालाई भाइरस संक्रमण भेटिएको छ । अर्थात अब आगोको झिल्का उड्यो । खतारको घण्टी बज्यो । संक्रमित मध्य १ जना निको भएर घर फर्केको अवस्था छ । अन्य ४ जना विभिन्न अस्पतालमा उपचार रत छन् । पछिल्लो पटक पहिचान भएको विरामी बागलुङको हो । आफ्ना आमाबुवालाई भेटगरी चैत्र ४ गते बेल्जियमबाट नेपाल फर्केकी बागलुङ नगरपालिका–४ कुँडुलेकी ती किशोरीको स्वास्थ्य परीक्षण रिपोर्ट शनिबार संक्रमित रहेको पुष्टि भएको थियो । किशोरीको पोजेटिभ रिपोर्ट सार्वजनिक भएपछि बागलुङमा डर, क्रासको अवस्था सृजना भएको छ । पहिलो व्यक्तिको रिपोर्ट नेगेटिभ आउँदा बागलुङ सुरक्षित छ भनेर उत्साहित भएका बागलुङबासीलाई दोस्रो रिपोर्टले झसंग बनाएको छ । संक्रमित फेला पर्दैमा हतासिनु आवश्यक छैन् । यसको अर्थ लापर्वाही गर्नु भनेको होइन् । अब बागलुङ पनि सुरक्षित रहेन, अर्थात रेड जोनमा त पर्यो ति किशोरी विदेशबाट आएपछि स्वभाविक हिसावले उनको ओहोर–दोहोर, भेटघाट, सामाजिक घुलमिल पक्कै भयो । परिवारका सदस्यसँग पनि नियमित सम्पर्कमा रहिन यस अर्थ संक्रमणको जोखिम अन्य व्यक्तिमा पनि भएको हुन सक्छ । त्यस कारण उनीसँग नियमित सम्पर्कमा रहेका व्यक्तिहरु, सवैले आफुलाई होम आइसोलेसनमा राख्नुपर्छ । उनीहरुको स्वास्थय परीक्षण गर्नुका साथै सामाजिक घुलमेललाई निषेध गर्नु अनिवार्य छ ।
बागलुङकी किशोरीलाई संक्रमण भएको पुष्टी भएपछि उनको उपचार कहाँ गर्ने भन्ने विषयमा निकै अन्यौल भयो । स्थानीय तह, अञ्चल अस्पतालले कोरोना पहिचान नहुने बेलासम्म यस्तो, उस्तो तयारी गरेका छौं भनेर प्रचार गरेपनि संक्रमण पहिचान भएपछि असली तयारीको स्वरुप बाहिरियो । संक्रमित पहिचान हुन सक्छन् र उपचार गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि धौलागिरी अञ्चल अस्पतालमा भएको व्यवस्थापनले संक्रमित सँगै अन्य उपभोक्तालाई समेत चिन्तीत बनाएको छ । एक जना विरामी राखेर उपचार गर्न त गृह मन्त्रालयको दबाब आवश्यक पर्छभने अन्य थप हुँदै जाने हो भने स्वास्थ्यकर्मी मैदान छोडेर भाग्ने अवस्था आउन सक्छ । महामारीलाई कमजोर आँकलन गर्ने गम्भिर भूल नगरौं । उपचारको लागि आवश्यक व्यवस्थापनमा सवै तहको समन्वयमा अगाडी बढौं । झिल्कोलाई डढेलो बन्नबाट जोगाउँ । आफु पनि बचौं अरुलाई पनि बचाउँ । लकडाउनको पूर्ण पालना गरौं ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here