
१५ चैत, काठमाडौं ।
काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनाबाट जोगिएको छ ।
कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको विमान अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको नेपालगञ्ज विमानस्थलका एक अधिकारीले जानकारी दिए ।
घटनामा मानवीय क्षति भएको छैन ।
अहिले उद्दार भइरहेको छ ।
onlinekhabar.com










