
अर्जुन कार्की
बागलुङ, १४ चैत ।
बिश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणवाट बच्नका सरकारले ‘लकडाउन’ गरेको आज चौथो दिन पनि बागलुङ बजार सुनसान देखियो ।
बजारमा विहान र साँझ खाद्यान्न र तरकारी जस्ता अति आवश्यक बस्तु किनबेचका लागि केहि चहलपहल भएपनि दिउँसो बजार सुनसान देखियो । हुल बाधेर नहिडे पनि १, २ जना भने बजारमा हिडिरहेका थिए । बजारमा जीपबाट र केहि ट्राफिक प्रहरीहरु देखिएपनि पहिले जस्तो प्रहरीको गस्ती पनि देखिएको छैन ।
बजारका तरकारी, खाद्यान्नका केहि पसलहरु खुलेपनि अधिकांश पसल भने बन्द रहेका थिए ।
तस्विर/भिडियो






















