प्रधानमन्त्री ओलीको अस्पताल भर्ना

35

काठमाडौँ, १४ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार राति मुटुमा केही समस्या भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियाक एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।
प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यसिंह शाहका अनुसार प्रधानमन्त्री ओलीको मुटुकाे चाल केही बढेको देखिएपछि उनलाई राति नै अस्पताल लगिएको थियो । डा. शाहको अनुसार हाल प्रधानमन्त्रीलाई अब्जर्भेसनमा राखिएको छ र उनको स्वास्थ्य अवस्था सामान्य छ ।
‘उहाँको स्वास्थ्य अहिले ठिक छ । राति हार्ट रेट बढेको देखेर हामीले अस्पताल ल्याएका थियौं । उहाँको यो पुरानै समस्या हो। कोरोनाको प्रकोप भएको बेलामा जोखिम नहोस् भनेर मात्रै अस्पताल ल्याइएको हो,’ उनले भनिन्, ‘अहिले केही बेर डिस्चार्ज गर्छौं र बालुवाटार लान्छौं ।’
प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा नै फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनी प्रत्यारोपण पछि फागुन ३० मा अस्पतालबाट डिस्चार्ज भएका थिए ।

कान्तिपुर अनलाईनबाट ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here